अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वामदेव गौतमसँग सहकार्य गर्ने एमाले सचिवालय बैठकको निर्णय

वामदेव गौतमसँग सहकार्य गर्ने एमाले सचिवालय बैठकको निर्णय


काठमाडौँ-नेकपा एमाले केन्द्रीय सचिवालय बैठकले राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमसँग थप छलफल गरेर सहकार्य गर्ने निर्णय गरेको छ।

पुस ८ गते मंगलबार बालुवाटारमा बसेको एमाले सचिवालय बैठकले नेता गौतमसँग छलफल गर्दै जाने र उपयुक्त समयमा गौतम नेतृत्वको अभियानलाई पार्टीमा समाहित गर्न सकिनेबारे छलफल भएको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिनुभयो ।

महासचिव पोखरेलले नेता वामदेव गौतमसँग सहकार्यका लागि ढोका खुलेको भन्दै आगामी दिनमा आवश्यक गृहकार्य गरेर पार्टीमा भित्र्याउन थप गृहकार्य गर्दै अघि बढ्न सकिनेबारे छलफल भएको बताउनु भयो ।

पार्टी अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा पुस८ गते मंगलबार बसेको पार्टी सचिवालय बैठकले आगामी भदौ २० गतेदेखि २२ गतेसम्म विधान महाधिवेशन गर्ने निर्णय गरेको हो। 

महाधिवेशन ललितपुरको गोदावरी स्थित सनराइज हलमा  गर्ने निर्णय भएको पार्टी केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो। एमालेले पार्टीको दसौँ महाधिवेशनअघि पनि विधान महाधिवेशन गरेको थियो ।

यस्ता छन् ४४ औँ सचिवालय बैठकका निर्णयहरुः

१. माघ, फागुन र चैत्र महिनामा वडा केन्द्रित अभियान प्रभावकारी ढङ्गले सञ्चालन गर्ने । अभियानमा सम्पूर्ण पार्टी पङ्क्तिको परिचालनको योजना प्रदेश र जिल्ला कमिटीले बनाउने ।

२. अनुमोदन गर्न बाँकी रहेका गण्डकी, कर्णाली र सम्पर्क समन्वय कमिटीले गरेको प्रदेश कमिटी सदस्यको मनोनयनलाई अनुमोदन गर्ने ।

३. पार्टीको विधान महाधिवेशन २०८२ साल भाद्र २०-२२ मा ललितपुरको गोदावरी सनराज हलमा आयोजना गर्ने ।

४. वामदेव गौतम नेतृत्वको राष्ट्रिय एकता अभियानसँग सहकार्य गर्दै जाने ।