अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सशस्त्र प्रहरीको भूमिका गौरव योग्य: मुख्यमन्त्री कार्की

सशस्त्र प्रहरीको भूमिका गौरव योग्य: मुख्यमन्त्री कार्की


विराटनगर-कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले शशस्त्र प्रहरीले सीमा सुरक्षा, बिपद र शान्ति सुरक्षाको क्षेत्रमा महत्त्वपूर्ण योगदान गरेको बताउनुभएको छ।

आज सशस्त्र प्रहरी बल नेपाल नम्बर एक बाहिनी मुख्यालय पकली इटहरीमा २४औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले सशस्त्रको गौरव गाथा स्मरणीय रहेको चर्चा गर्नुभयो।

सशस्त्र प्रहरीले सीमा क्षेत्रमा बोडरपोस्ट र कतिपय ठाउँमा भवनहरु नभएपनि सीमा सुरक्षामा खेलेको भूमिका अविष्मरणीय रहेको बताउँदै उहाँले भन्नुभयो, ‘कोरोनाकालमा सीमा क्षेत्रमा र विपद् आउँदा अग्रभागमा खेलेको भूमिकाले सशस्त्र प्रहरी बल महत्वपूर्ण रहेको छ।’ सिमित स्रोत साधनबिच सीमा सुरक्षा गरेर राजस्व वृद्धि गर्न र विपत व्यवस्थापन काम गरेकोमा प्रशंसा गर्नुभयो । काही विपद् भयो भने सशस्त्र प्रहरी छ यसले काम गर्छ भनेर ढुक्क हुने अवस्था रहेको उहाँले बताउनुभयो।

मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले ५२ वटा बोडर पोस्ट निर्माण गरेको जानकारी दिँदै आगामी दिनमा थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। दुई ठुला देश रहेको र भारतसँग खुला सीमा रहेको आपसी समन्वय गरेर काम गर्दै देशले लाभ लिन सक्नु पर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा सशस्त्र प्रहरीका प्रहरी नावय महानिरीक्षक (डिआईजी) सम्भु सुवेदीले धन्यवाद मन्तव्य व्यक्त व्यक्त गर्दै सशस्त्र प्रहरीले विभिन्न आरोह अवरोह पार गर्दै जनताको सेवा गर्दै यहाँ आइपुगेको बताउनुभयो । यस्तै प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मनिष थापाले शसस्त्र स्वागत मन्तव्य व्यक्त गर्दै सशस्त्र प्रहरीले गरिरहेको कामका विषयमा जानकारी गराउनु भएको थियो। कार्यक्रममा विभिन्न ब्यक्ति र प्रहरीलाई सम्मान गरिएको थियो।