काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ हुनुभएको छ।
स्वास्थ्यमा सामान्य समस्या भएपछि प्रधानमन्त्री ओलीले बुधवारको पूर्वनिर्धारित कार्यक्रम र भेटघाट रद्द गर्नुभएको छ।
चिसोका कारण घाँटीमा समस्या आएर प्रधानमन्त्री ओलीको स्वर भासिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री आज बालुवाटारमै आराम गरेर बस्ने बताइएको छ।
सोही कारण बुधवार हल चोकमा आयोजना भएको २४औँ सशस्त्र प्रहरी दिवसमा समेत प्रधानमन्त्री ओली सहभागी हुन नसकेको बताइएको छ। बुधवारका भेटघाटका कार्यक्रम समेत रद्द गरेर प्रधानमन्त्री ओली बालुवाटारमै आराम गरिरहेको बुझिएको छ।
प्रतिक्रिया