काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओली भोलि अर्थात् २०८१ पुस ११ गते शुक्रवार जानुहुने भएको छ।
प्रधानमन्त्री ओली पाल्पा र रुपन्देहीका विभिन्न राष्ट्रिय गौरवका आयोजनाको उद्घाटनका लागि जान लाग्नु भएको हो।
प्रधानमन्त्री ओलीले शुक्रवार बिहान सवा ११ बजे पाल्पाको बगनासकाली गाउँपालिकाको भवन उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
त्यसपछि त्यहाँबाट हेलिकप्टरमार्फत बिहान १२:१५ बजे बुटवलको बुटवल मण्डपस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आइपुग्ने कार्यक्रम तय गरिएको छ।
प्रधानमन्त्री ओलीले पाल्पाको तिनाउ गाउँपालिकाको दोभानमा नवनिर्मित प्रशासकीय भवन समुद्घाटन गर्ने र त्यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुनेछ। साथै, सिद्धार्थ राजमार्गको सिद्धबावामा निर्मित १,१२६ मिटर लामो सुरूङ मार्गको ब्रेकथ्रु कार्यक्रममा विशेष सहभागिता जनाउनु हुनेछ।
प्रधानमन्त्री ओलीले सुरूङमार्ग ब्रेकथ्रु उत्सवपछि बुटवल–गोरुसिंगे सडक स्तरोन्नतिको शिलान्यास कार्यक्रममा सहभागी हुकार्यक्रम रहेको छ । दिउँसो २ बजे बुटवल उपमहानगरपालिका वडा नं १३ जितगढीमा आयोजित कार्यक्रममार्फत यो खण्डको शिलान्यास गर्नेछन्।
प्रतिक्रिया