अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सूर्यविनायक-धुलिखेल सडक विस्तार, दैनिक पाँच घण्टा सडक बन्द गर्ने तयारी

सूर्यविनायक-धुलिखेल सडक विस्तार, दैनिक पाँच घण्टा सडक बन्द गर्ने तयारी


काठमाडौं-अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक-धुलिखेल सडक निर्माण आयोजनाले दैनिक पाँच घण्टा सडक बन्द गर्ने तयारी गरेको छ। 

२०७९ पुस २४ गतेदेखि अरनिको राजमार्गअन्तर्गत भक्तपुरको जगातीबाट साँगासम्म र काभ्रेपलाञ्चोकको साँगाबाट धुलिखेलसम्म गरी दुई खण्डमा एकैसाथ आयोजनाले सडक विस्तारको कार्य शुरु गरेको थियो। 

भक्तपुर-धुलिखेल सडकको साँगामा निर्माण कार्य तीव्रगतिमा गर्न भक्तपुर र काभ्रेपलाञ्चोकका नगरप्रमुखहरूले आयोजनासँग माग गरेका छन्। आयोजनाले भक्तपुर काभ्रेपलाञ्चोकका नगर प्रमुखहरुसँग सडक निर्माणका लागि दैनिक पाँच घण्टा सडक बन्द गर्न प्रस्ताव राखेपछि नगर प्रमुखहरुले यो प्रस्तावलाई भने अस्वीकार गरेका छन्। राजमार्गको सडक दिउँसो अवरुद्ध गर्दा सर्वसाधारणलाई समस्या पर्ने भएकाले विकल्प खोज्नुपर्ने नगर प्रमुखहरुको भनाइ छ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले अरनिको राजमार्गको विस्तारका क्रममा दिउँसो यातायात अवरुद्ध गर्नु उचित नहुने बताउनुभयो । निर्माण कार्य रात्रिकालीन समयमा गर्नु उपयुक्त हुने भन्दै उहाँले सडक निर्माणका क्रममा वैकल्पिक सडकबारे स्थलगत अध्ययन गर्नुपर्ने र राजमार्ग वरपरका टहरा विना क्षतिपूर्ति भत्काउने कार्य गर्नुअघि छलफल गर्नुपर्ने बताउनुभयो।