अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

टाइगर कप च्याम्पियनसिप-२०२५ एक्सन स्पोर्टस् एचडी १ ले प्रत्यक्ष प्रशारण गर्दै

टाइगर कप च्याम्पियनसिप-२०२५ एक्सन स्पोर्टस् एचडी १ ले प्रत्यक्ष प्रशारण गर्दै


काठमाडौं-पोखराको टाइगर ग्रुपले आयोजना गर्ने गरेको पाँचौं टाइगर कप पुरुष तथा महिला भलिबल च्याम्पियनसिप एक्सन स्पोर्टस् एच डि १ टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्नै भएको छ।

प्रतियोगिताको प्रत्यक्ष प्रशारण डिशहोमका ग्राहकहरुले टेलिभिजनमा तथा डिशहोम गो एप प्रयोगकर्ताहरुले पनि एक्सन स्पोर्टस् एच.डि.१ मा प्रत्यक्ष हेर्न सक्ने जनाएको छ।

२०८१ माघ २५ देखि फागुन १ गतेसम्म हुने प्रतियोगितामा, पुरुष र महिला दुवै विधामा एक-एक अन्तर्राष्ट्रिय टोली सहभागी हुने जनाएको छ। जसमा पुरुषतर्फ भारत र महिलामा थाइल्याण्डका भलिवल टोलीले प्रतिस्पर्धा गर्नेछन्।

प्रत्येक विधामा ६ गरी कुल १२ टोलीले पाँचौं संस्करणमा भाग लिनेएका छन्। पुरुषतर्फ हेल्प नेपाल स्पोट्र्स क्लब, गण्डकी प्रदेश भलिबल संघ, सुनिल भलिबल क्लब (अमिन, भारत), नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र एपीएफ क्लबले प्रतिस्पर्धा गर्ने छन्।

महिलातर्फ एपीएफ क्लब, न्यू डायमण्ड स्पोट्र्स क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, आयोजक टाइगर ग्रुप र थाइल्याण्डको ट्राभल इन्क्वायरी युनाइटेड प्यासन भलिबल क्लब रहेका छन्।

सन् २०२० मा टाईगर ग्रुप स्थापना भएदेखि पोखरा रंगशालामा आयोजना हुँदै आएको प्रतियोगिताका मा यस संस्करणमा विजेताले रु.५ लाख ८५ हजार ५५५, उपविजेताले रु २ लाख ८५ हजार ५५५ र तेस्रो हुने टोलीले रु एक लाख ८५ हजार ५५५ प्राप्त गर्नेछन्।

प्रतियोगिताको एमभीपीलाई २५ हजार ७७७ रुपैयाँ पुरस्कार दिइनेछ । उत्कृष्ट सर्भर, सेटर, लिबेरो, स्पाइकर र प्रशिक्षक लगायत व्यक्तिगत विधामा उत्कृष्ट खेलाडीले जनही १०,५५५ रुपैयाँ पुरस्कार । राशी प्रदान गरिनेछ।