अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भारतीय पर्यटकका लागि सहज बनाउँछौं: मुख्यमन्त्री कार्की

भारतीय पर्यटकका लागि सहज बनाउँछौं: मुख्यमन्त्री कार्की


विराटनगर-कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भारतीय पर्यटकहरूलाई नेपाल आउँदा पर्ने सबै असजिलोहरूलाई हटाइने बताउनुभएको छ।

कोशी टप्पु सुनसरीमा आज भारतीय पत्रकारहरूसँग कुराकानी गर्दै नेपालमा आउँदा भारतीय पर्यटकलाई गरिने अनावश्यक चेकजाँच र नोट सटहीको समस्यालाई हटाउन दुईपक्षबाटै पहल गरिने बताउनुभयो।

कोशी प्रदेश सरकारले आगामी २०८२ साललाई कोशी पर्यटन वर्ष मनाउने तयारी गरिरहेको बताउँदै मुख्यमन्त्री कार्कीले भारतको बिहार पश्चिम बंगाल लगायतका पर्यटकलाई नेपाल भित्र्याउनका लागि आवश्यक समन्वय र सजीकरण गर्ने जानकारी दिनुभयो।

कोशी पर्यटन वर्षको मूल आयोजक समितिको आज कोशी टपुमा बसेको बैठकपछि भारतीय पत्रकारहरूसँग उहाँले कुराकानी गर्नुभएको थियो।

सो अवसरमा मुख्यमन्त्री कार्कीले भारत र नेपालबीचको अत्यन्तै राम्रो सम्बन्ध रहेको र यो सम्बन्धको आधारमा नेपालको पर्यटन प्रवर्धन गर्न सकिने विचार व्यक्त गर्दै भन्नुभयो। ‘तपाईं भारतीय सञ्चारकर्मी मित्रहरूले हाम्रो पर्यटन प्रवर्धनमा महत्वपूर्ण भूमिका खेल्नुहुनेछ,’ मुख्यमन्त्री कार्कीले भन्नुभयो, ‘कोशी प्रदेशको विकास र समृद्धिको मुख्य आधार नै पर्यटन हो ।’

कोशी प्रदेशको पर्यटन प्रवद्र्धन गर्न प्रदेश सरकार लागि परेको बताउँदै उहाँले आगामी वर्षदेखि पर्यटन प्रवर्धन र विकासका लागि बजेट पनि वृद्धि गरिने जानकारी दिनुभयो।

पत्रकारसँगको कुराकानी अघि बसेको मूल आयोजक समितिको बैठकले कोशी प्रदेशका लागि आगामी वर्ष गरिने कामको रणनीति पास गरिएको थियो।

कोशी प्रदेश सरकारले आगामी वैशाख १ गते तेह्रथुमको मिल्के जलजले क्षेत्रमा पर्यटन वर्षको उद्घाटनका लागि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको नेतृत्वमा मूल आयोजक समिति गठन गरेको छ।