पाल्पा-लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई स्वागत गर्नुभएको छ।
पाल्पाको बगनासकाली गाउँपालिकामा मुख्यमन्त्री आचार्यले उपप्रधानसहित अन्य मन्त्रीलाई स्वागत गर्नुभएको हो।
बगनासकाली गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन, सिद्धबाबा सुरुङ मार्गको ब्रेक थ्रु लगायतका कार्यक्रममा सहभागी हुने कार्यक्रम छ।
प्रधानमन्त्री केपी शर्मा ओली आउने कार्यक्रम तय भए पनि स्वास्थ्यका कारण आउन नसकेकाे जनाएको छ।
बगनासकारीको भवन उद्घाटनपछि पाल्पाको तिनाउ गाउँपालिकाको भवन उद्घाटनपछि सिद्धबाबा सुरुंगमार्गको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया