अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अर्थतन्त्र चलायमान बनाउन अध्यादेश ल्याएको हो: शंकर पोखरेल

अर्थतन्त्र चलायमान बनाउन अध्यादेश ल्याएको हो: शंकर पोखरेल

कमजोरले शासन गरेर देश बन्दैन, जनादेश पाएकाले देशको नेतृत्व गर्छन्


काठमाडौं-नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुक राजनीतिक अस्थिरता र आर्थिक संकटमा गुज्रिएको बेला एमाले नेतृत्वको वर्तमान सरकार बनेको बताउनुभएको छ।

आइतबार बिहान प्रेस चौतारी नेपाल महोत्तरीले बर्दिबासमा आयोजना गरेको पकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले दुई पार्टी मिलेर राजनीतिक स्थायित्व गर्ने सोचका साथ अहिलेको सरकार बनेको बताउनुभयो।

यो बिचको अवधिमा केही सुधारका काम भएको र त्यसको परिणाम देखिन लागेको महासचिव पोखरेलले बताउनुभयो। नयाँ सरकार बनेपछि पुँजीगत खर्च बढेको छ, विदेशी मुद्राको सञ्चिति बढेको तथा आर्थिक क्षेत्र चलायमान भएको उहाँले बताउनुभयो। तथापि लगानी र आर्थिक क्रियाकलापको क्षेत्रमा केही समस्या देखिएको कारण दुई दलीय संयन्त्र बनाएर सरकाले आर्थिक क्रियाकलाप सुधारको लागि सरकाले पाँचवटा अध्यादेश ल्याएको उहाँले स्पष्ट पार्नुभयो।

संसदीय प्रक्रियामा कानुन बनाउन केही लामो समय लाग्ने र मुलुकको आर्थिक सङ्कट लामो समयसम्म पर्खेर बस्ने अवस्था नभएकोले सरकाले त्यसको सुधारका लागि ती अध्यादेश ल्याएको महासचिव पोखरेलले बताउनुभयो। नेपालका व्यावसायिक संस्थाहरूले अध्यादेशको खुलेर समर्थन गर्नुले पनि यसको आवश्यकता पुष्टि भएको पोखरेलको भनाइ छ।

राजनीतिक अस्थिरतामा खेल्न चाहनेहरूले यो सरकार आजै ढल्छ, भोलि नै ढल्छ भन्ने प्रचार गरिरहेका भए पनि त्यसमा कुनै सत्यता नरहेको उहाँले बताउनुभयो । प्रतिपक्षमा हुँदैमा विरोध नै गर्नुपर्छ भन्ने मानसिकता त्याग्नु पर्नेमा उहाँले जोड दिनुभयो। दुई पार्टीको समझदारीमा बनेको सरकार भएकोले सरकार ढल्ने कुनै सम्भावना नरहेको उहाँले बताउनुभयो।

लोकतन्त्रमा जनताले पत्याएका दलले नै शासन गर्नुपर्ने बताउँदै उहाँले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले गठबन्धन अप्राकृतिक भयो भन्दै मजाक गरेर हिँड्नु भएको महासचिव पोखरेलले बताउनुभयो। ‘कमजोरले शासन गर्ने होइन, ठुला दललाई सहयोग गर्ने हो, कमजोरले शासन गरेर देश कहिल्यै बन्दैन, बलियाहरूले नै हो, जनादेश पाएकाले नै हो देशको नेतृत्व गर्ने’, महासचिव पोखरेलले भन्नुभयो। 

मधेसका समस्याका विषयमा एमाले अति संवेदनशील रहेको महासचिव पोखरेलले बताउनुभयो। मधेसको विकास कसैले गर्छ भने त्यो एमालेले मात्र गर्ने पोखरेलले प्रष्ट पार्नुभयो।

नीतिगत रूपमा मुलुक सञ्चालन गर्न नसक्दासम्म देशले निकास नपाउने उहाँले बताउनुभयो। मुलुकलाई विकासको बाटोमा एउटा पार्टीले बहुमत सहित पाँच वर्षसम्म नेतृत्व गर्न पाउने महासचिव पोखरेलले स्पष्ट पार्नुभयो।

आउने चुनावमा कांग्रेस र एमाले बिच एक्लाएक्लै चुनाव लड्ने सहमति भएको उहाँले बताउनुभयो। ठुला पार्टीको बुई चढेर साना पार्टीले चुनाव जित्दा देशमा अस्थिरता भएको महासचिव पोखरेललेको भनाइ छ।