अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गत वर्षको तुलनामा राजश्वमा प्रगति भएको छ: अर्थमन्त्री पौडेल

गत वर्षको तुलनामा राजश्वमा प्रगति भएको छ: अर्थमन्त्री पौडेल


काठमाडौं-उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गत वर्षको तुलनामा यो वर्ष राजश्व वृद्धिमा प्रगति भएको बताउनु भएको छ।

अन्तर्राष्ट्रिय भन्सार दिवसको असरमा बोल्दै अर्थमन्त्री पौडेलले राजश्व वृद्धिमा प्रगति भएपनि चित्त बुझाएर बस्नसक्ने अवस्था नरहेको बताउनुभयो।

अर्थमन्त्री पौडेलले भन्नभयो, ‘अहिले राजश्वको लक्ष्यको हिसाबले चापमा छौं। गत वर्षको तुलनामा राजश्वमा केही प्रगति भएको छ। राजश्व वृद्धिमा भएको प्रगतिमा चित्त बुझाएर बस्न सक्ने अवस्था छैन। त्यसैले राजश्वसँग सम्बन्धित कुरा भन्सार विभागले बुझ्नुपर्छ । हिजोको तुलनामा प्रगति गरेको हेरेर बस्ने होइन यो वर्षको राजश्वको लक्ष्य हासिल गरेर अगाडि बढ्नुपर्नेछ।’

अर्थमन्त्री पौडेलले अर्थतन्त्रमा देखा परेको शिथिलतालाई प्रभावकारी ढंगले चलाउन सके राजश्वको लक्ष्य हासिल गर्न सकिने बताउनुभयो । उहाँले आर्थिक वर्षको मध्यतिर आइपुगेको र समीक्षा गर्ने विन्दुमा आइपुगेकाले विगतको ६ महिनाको राजश्व परिचालनको अनुगमन गरेर सही ढंगले काममा लाग्न भन्सार विभागका सबै कर्मचारीहरूलाई आग्रह गर्नुभयो ।