अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

संसद्

प्रधानमन्त्री ओलीले हिउँदे अधिवेशनको पहिलो दिन संसद्‌मा सम्बोधन गर्नुहुने

प्रधानमन्त्री ओलीले हिउँदे अधिवेशनको पहिलो दिन संसद्‌मा सम्बोधन गर्नुहुने


काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले हिउँदे अधिवेशनको पहिलो दिन संसदमा सम्बोधन गर्नुहुने भएको छ। संसद्को हिउँदे अधिवेशन यही माघ १८ गतेका लागि बोलाइएको छ।

माघ १८ गते प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम तय भएको नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो।

मुख्य सचेतक बर्तौलाले भन्नुभयो, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो दिन संसद्मा सम्बोधन गर्नुहुनेछ। आजै प्रधानमन्त्री ओलीलाई भेटेका थिएँ । भेटमा प्रधानमन्त्रीले सम्बोधन गर्ने बताउनु भयो। यही कुरा सभामुखलाई जानकारी दिएको छु।’

हिउँदे अधिवेशनबारे सभामुख देवराज घिमिरेले आज सत्तापक्षका प्रमुख सचेतकहरूसँग छलफल गरिसक्नुभएको छ। त्यस्तै, उहाँले आजै प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतकसँग पनि छलफल गर्नुहुनेछ।