काठमाडौँ-सत्ता पक्षका राजनीतिक दलहरूको बैठक सोमबार बस्दैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले सो बैठक बोलाउनु भएको हो।
प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार बैठक सोमबार साँझ ५ बजे बालुवाटारमा बस्नेगरी बोलाइएको छ। बैठकमा आसन्न हिउँदे अधिवेशन,अधिवेशनमा पेस गरिने विधेयक र सरकारका काम कारबाहीबारे छलफल हुने जनाएको छ।
सत्तापक्षमा हाल एमाले, कांग्रेस, जसपा, जसपा नेपाल, नाउपा र जनमत पार्टी रहेका छन् । माघ १८ गतेबाट संसद्को हिउँदे अधिवेशन सुरु हुँदैछ।
प्रतिक्रिया