काठमाडौं-सभामुख देवराज घिमिरेले आज ५ प्रमुख राजनीतिक दलका सचेतकसँग छलफल गर्नुहुने भएको छ। सभामुख घिमिरेले आज बिहान ११ बजेबाट प्रमुख पाँच दलका मुख्य सचेतक र प्रमुख सचेतकसँग सिंहदरबारमा छलफल गर्न लागेको उहाँको सचिवालयले जनाएको छ।
हिजो बिहान ११ बजे सत्तापक्षका मुख्य सचेतक, प्रमुख सचेतकसँग छलफल गरेका सभामुख घिमिरेले त्यसपछि दिउँसो २ बजे प्रमुख प्रतिपक्ष तथा प्रतिपक्षी दलका प्रमुख सचेतकसँग छलफल गर्नुभएको थियो।
सभामुख घिमिरेका सचिवालयका अनुसार भोलि दिउँसो १ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक सिंहदरबारमा तय गरिएको छ। साथै, विधेयक रहेका संसदीय समितिका सभापतिसँग पनि सभामुख घिमिरेले अलग अलग संवाद गरिरहेको उहाँका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिनुभयो।
माघ १८ गते संघीय संसद्को हिउँदे अधिवेशन सुरु हुँदै छ।
प्रतिक्रिया