काठमाडौं-संसद्को माघ १८ गतेदेखि सुरु हुन लागेको हिउँदे अधिवेशनको समय तालिका (क्यालेन्डर) तयार भएको छ।
सोमबार सभामुख देवराज घिमिरेले प्रमुख ५ राष्ट्रिय दलका सचेतकहरुसँग सिंहदरबारमा राखेको छलफलमा माघ महिनाभरीको क्यालेन्डर बनाउन दलहरु तयार भएका हुन्।
आज बसेको सभामुख र पाँच दलका प्रमुख सचेतकको छलफलमा अध्यादेशहरू १८ माघमा पेस गरेर २२ माघमा संसद्मा निर्णयार्थ प्रस्तुत गर्ने सहमति भएको एमालेका मुख्य सचेतक महेश बर्ताैलाले जानकारी दिनुभयो।
यस्तै, भोलि ११ बजे कार्यव्यवस्था बस्ने तय भएको छ। माघ २३ र २४ गते पनि सदन बस्ने तय भएको छ। यसैगरी, माघ २५, २६ र २७ गते समितिको बैठक राखिने छ। माघ २८, २९ र ३० गते पनि सदन बस्ने तय भएको छ।
छलफलमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, रास्वपा र राप्रपा सहभागी रहेका छन् । आइतबार पनि सभामुख घिमिरे छलफल गरेका थिए । उनले सत्तारुढ र प्रमुख विपक्षी दलका प्रमुख सचेतकहरुसँग छलफल गरेका थिए । संसद्को हिउँदे अधिवेशन माघ १८ गतेदेखि सुरु हुँदैछ ।
प्रतिक्रिया