अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देश बनाउने पार्टी एमाले मात्र हो: मुख्यमन्त्री कँडेल

देश बनाउने पार्टी एमाले मात्र हो: मुख्यमन्त्री कँडेल


सुर्खेत-कर्णाली प्रदेशका मुख्यमन्त्री तथा स्थायी कमिटी सदस्य यामलाल कँडेलले देश बनाउने पार्टी नेकपा (एमाले) मात्र रहेको बताउनु भएको छ।

आज एमाले जिल्ला कमिटी सुर्खेतको चौथो पूर्ण बैठकलाई सम्बोधन गर्दै देश बनाउन सक्ने योग्यता र क्षमता भएको कोही पार्टी छ भने त्यो एमाले भएको मुख्यमन्त्री कँडेलले बताउनु भयो।

एमाले राज्य सञ्चालन गर्ने अवसर पाउँदा जहिले पनि राष्ट्र र जनतालाई केन्द्रमा राखेर जनपक्षीय काम गर्ने पार्टी भएकाले जनताको रोजाइको पहिलो पार्टी बनेको मुख्यमन्त्री कँडेलको भनाइ छ।

देशमा सकारात्मक परिवर्तन ल्याउन एमाले पार्टी बनेको मुख्यमन्त्री कँडेल बताउनु भयो। ‘हाम्रो पार्टी जन्मैदेखि एउटा महान उद्धेश्य काँधमा बोकेर जन्भिएको पार्टी हो। यो राजनीति गर्न बनेको पार्टी होइन। यो देश बनाउन बनेको पार्टी हो। देशमा परिवर्तन ल्याउन र सामाजिक व्यवस्थापनमा अहिलेसम्मका परिस्कृत रुपहरुमध्ये उच्चतम रुमपा पुर्‍याउन यो पार्टी बनेको हो,’ मुख्यमन्त्री कँडेल भन्नुभयो।

दक्षिण एसियाकै इतिहासमा पहिलो निर्वाचित कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारी देखि केपी शर्मा ओली सम्मका कम्यूनिस्ट सरकारले जनपक्षीय काम गरेको कारण विपक्षीको चौतर्फी घेरा हुँदा पनि एमालेलाई जनताले साथ दिएको मुख्यमन्त्री कडेलले बताउनु भयो।

एमालेको नीति विचार र नेतृत्व सही भएकै कारण जनताको आकर्षण बढेको उहाँको भनाइ छ। अवसर पाएको समयमा सरकार जनताको चाहना अनुसार काम गर्ने दिशामा लागेको हुनाले आर्थिक लगायतका क्षेत्रमा सुधारको सङ्केत देखिएको अनुभूति जनताले गरेको र जनतामा यो सरकार प्रति आशा, भरोसा र विश्वास बढेको मुख्यमन्त्री कँडेलले बताउनु भयो।

एमाले सुर्खेत जिल्ला कमिटीको चौथो बैठकमा एमालेका केन्द्रीय सदस्य नवराज रावत, मोहनमाया ढकाल र ठम्मर बिष्ट साथै प्रदेश कमिटी सचिव ध्रुव शाही लगाएत जिल्ला कमिटिका नेताहरूको सहभागिता रहेको थियो।