अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राजनीतिक स्थिरता कायम गर्न वर्तमान सरकार बनेको हो: प्रदीप ज्ञवाली

राजनीतिक स्थिरता कायम गर्न वर्तमान सरकार बनेको हो: प्रदीप ज्ञवाली


गुल्मी-नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले वर्तमान सरकार देशमा चरम निराशालाई चिर्नका लागि र राजनीतिक स्थायित्व कायम गर्नका लागि बनेको बताउनु भएको छ।

प्रेस चौतारी नेपाल गुल्मीले सदरमुकाम तम्घासमा मंगलबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उपमहासचिव ज्ञवालीले सो कुरा बताउनु भएको हो।

उपमहासचिव ज्ञवालीले अहिलेको सरकार प्रधानमन्त्रीको लिस्टमा नाम राख्नका लागि मात्रै नभएको बताउँदै काम गरेर देखाउनका लागि बनेको बताउनुभयो।

अस्थिरताको राजनीति गर्नेहरू छटपटाइ रहेको उपमहासचिव ज्ञवालीले बताउनुभयो। वर्तमान सरकार गठन भएपश्चात देशको आर्थिक अवस्था लयमा आएको उहाँको दाबी छ।

उपमहासचिव ज्ञवालीले बृहत्तर पार्टीको संलग्नतामा संविधान संशोधन हुने बताउनु भयो। धेरै भन्दा धेरै पार्टीहरूको संलग्नतामा संविधान संशोधन हुने उहाँको भनाइ छ।

१० वर्षे संविधानको कार्यन्वयनको अवस्थामा आएका समस्यालाई समीक्षा गर्दै अगाडि बढ्ने उपमहासचिव ज्ञवालीले बताउनु भयो।

पछिल्लो समयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले विदेशी सहयोग रोक्ने निर्णयको प्रभाव नेपालमा पनि पर्ने उपमहासचिव ज्ञवालीले बताउनुभयो।

अमेरिकी विदेश विभागले हाल सञ्चालनमा रहेका प्रायः सबै विदेशी सहायता कार्यक्रमहरू रोक्न र नयाँ सहायता अस्थायी रूपमा स्थगित गर्न निर्देशन दिएको थियो।