अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

संसद्लाई प्रभावकारी बनाउन सत्तापक्ष गम्भीर छः महेश बर्तौला

संसद्लाई प्रभावकारी बनाउन सत्तापक्ष गम्भीर छः महेश बर्तौला


काठमाडौँ-नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसदलाई प्रभावकारी बनाउन सत्तापक्ष गम्भीर रहेको बताउनु भएको छ। 

मंगलवार सिंहदरबारमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानीमा प्रमुख सचेतक बर्तौलाले बैठकले संसद सञ्चालनको मिति हेरफेर गरिएको बताउनु भयो। उहाँले अहिलेको सरकारले संसदलाई बिजनेस दिने र संसदबाट कानून निर्माण गर्ने कुरामा तिब्रता दिने बताउनुभयो।

संसदलाई प्रभावकारी बनाउने कुरामा सत्तापक्ष अलि बढी जिम्मेवार हुनुपर्ने कुरा प्रतिपक्षले राखेको र त्यो स्वभविक रहेको उहाँले बताउनु भयो।

उहाँले भन्नुभयो, ‘संसदको बैठकका मितिहरु हेरफेर गरिएका छन्। कार्यसूची त लगभग त्यही नै  भयो। २४ गते अध्यादेशहरु संसदमा पेश हुनेछन्। २५ पनि बैठक हुनेछ। २७,२८,२९ गते बैठक हुनेछ। संसदलाई प्रभावकारी बनाउने कुरामा सत्तापक्ष अलि बढी जिम्मेवार हुनुपर्छ। पाल्र्यामेण्ट्री कमिटीहरुको बैठकमा कोरम पुर्‍याउने सन्दर्भमा भन्नेकुरा उठाउनुभयो। संसद र संसदीय समितिमा सत्ता पक्ष महत्वपूर्ण हुन्छ। बढी जवाफदेही रुपमा भुमिका निर्वाह गर्नुपर्छ।’