काठमाडौँ-नेकपा एमालेको संसदीय दलको बैठक सुरु भएको छ। संसदीय दलको बैठक सङ्घीय संसद् भवन, ल्होत्से हल, नयाँ बानेश्वरमा सुरु भएको हो।
बैठकमा प्रधानमन्त्री तथा संसदीय दलका नेता केपी शर्मा ओलीले सम्बोधन सुरु गर्नुभएको छ।
सङ्घीय संसद् अधिवेशन सुरु हुनुअघि आवश्यक रणनीतिका लागि तय गर्न संसदीय दलको बैठक बस्न लागेको हो । बैठकमा आउँदो अधिवेशनमा प्रस्तुत हुने नयाँ विधेयकका विषयमा पनि छलफल हुने बताइएको छ।
आउँदो १८ माघबाट सङ्घीय संसद्को अधिवेशन सुरु हुँदै छ। सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन आह्वान गरिसक्नुभएको छ।
प्रतिक्रिया