काठमाडौं-प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद् र संसदीय समितिका बैठकमा पूरा समय उपस्थित हुन सांसदहरूलाई निर्देशन दिनुभएको छ।
मंगलबार सङ्घीय संसद् भवनको ल्होत्से हल, नयाँ बानेश्वरमा बसेको एमालेको संसदीय दलको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एमाले सांसदहरूलाई निर्देशन दिनुभए हो।उहाँले गलत ढंगले कुनै पनि विधेयक पारित नहोस् भन्नका लागि पनि पुरा समय बैठकमा उपस्थित हुनुपर्ने बताउनु भयो।
‘समितिहरुमा हाम्रो उपस्थिति तुलनात्मकरुपमा राम्रो छ, तुलनात्मकरुपमा मात्रै राम्रो छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘त्यसकारण संसद्मा, समितिका बैठकहरुमा हाम्रो उपस्थिति पुरा समय हुनुपर्दछ। र, कुनै पनि कुरा गलत ढंगले पारित भएर जानु भएन। अनुपस्थित भइयो भने के पारित हुन्छ, के पारित हुन्न।’
प्रधानमन्त्री ओलीले संसद्मा भूमिका खेल्न जनताले आफूहरुलाई पठाएको भन्दै झुठा लान्छानाहरुको प्रतिवाद गर्न समेत सांसदहरुलाई निर्देशन दिनुभयोऽ
प्रतिक्रिया