काठमाडौं-धेरै मानिसहरूले आफ्नो जन्मदिन केक काटेर, भोजको आयोजना गरेर राम्रै खर्च गरी मनाउँछन्। जन्मदिनको पाटीमा राम्रै खर्च गर्छन्। खायो, पियो, रमायो। भोलिपल्ट उस्तै। उपलब्धि शून्य।
नेकपा एमाले वाग्मती प्रदेश कमिटी सदस्य समाजसेवी रत्नप्रसाद गौतमले भने आफ्नो जन्मदिन फरक तरिकाले मनाउनु भएको छ। जन्मदिनको खर्च उहाँले उपलब्धिपूर्ण काममा गर्नुभएको छ। सुन्दर भविष्यमा लगानी गर्नुभएको छ।
गौतमले मंगलबार आफ्नो जन्मदिनको खर्च दुर्गम गाउँका विद्यालयमा पढ्ने विद्यार्थीको न्यानो कपडामा गर्नुभएको छ । गौतमले दुईवटा विद्यालयमा पढ्ने विद्यार्थीलाई जाडोमा लगाउने ट्याक सुट वितरण गर्नुभएको छ।
गौतमले रामेछापकाे दोरम्बा शैलुङ गाउँपालिकाको सबैभन्दा बढी चिसो हुने दुर्गम गाउँ वडानं ४ गौश्वाराका दुईवटा माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थीलाई पोसाक उपलब्ध गराउनुभएको हो।
दोरम्बा शैलुङ गाउँपालिका–४ खारपानीको खारपानी माविका १ सय ६ जना र शिवलिंगेश्वर मावि ताम्चेत १ सय ५८ जना विद्यार्थीलाई न्यानो कपडा प्रदान गरिएको एमाले रामेछापका नेता काश्मीर घिसिङले जानकारी दिनुभयो। घिसिङको नेतृत्वमा गएको टोलीले विद्यालयमा ती पोसाक वितरण गरेको थियो।
चिसो ठाउँमा पढ्ने विद्यार्थीलाई न्यानो होस् भनी पोसाक पठाएको गौतमले बताउनुभयो। ती विद्यालयहरूले गौतमलाई सहयोगको लागि अनुरोध गरेका थिए। विद्यालयहरूको मागको आधारमा विद्यार्थीलाई पोसाक पठाएको गौतमले जानकारी दिनुभयो।
सबै विद्यार्थीलाई पुग्ने गरी कपडा दिएको भन्दै विद्यालयहरूले खुसी व्यक्त गरेका छन्। विद्यार्थीलाई एकै खालका ट्याक सुट उपलब्ध गराइएकोले पोसाकमा एकरूपता कायम भएको विद्यालयका प्रधानाध्यापकहरुले बताउनुभयो।
गौतमले यस अघि गत पुस ८ गते मन्थलीको मन्थली माविका १३ सय बढी विद्यार्थीलाई पनि ट्याक सुट वितरण गर्नुभएको थियो ।
रामेछापको दोरम्बा शैलुङ गाउँपालिका ६ का स्थायी बासिन्दा गौतमले रामेछापबाट बिरामी परी उपचारको लागि काठमाडौँ गएका बिरामीको उपचारका लागि निरन्तर आर्थिक सहयोग गर्दै आउनुभएको छ । त्यस्तै जिल्लामा विपतमा परेकालाई पनि उहाँले सहयोग गर्दै आउनुभएको छ ।
प्रतिक्रिया