काठमाडौं-नेकपा (एमाले)की सचेतक सुनिता बरालले संसद्मा सार्वजनिक जरुरी महत्वको प्रस्ताव दर्ता गराउनुभएको छ।
सचेतक बरालले वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) र प्रारम्भिक वातावरणीय परीक्षण (आईई) सँग सम्बन्धित जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराउनु भएको हो।
सचेतक बरालले प्रस्तावमा एमालेकै सांसद ठाकुरप्रसाद गैरे, नेपाली कांग्रेसका सांसद प्रतिमा गौतम, नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका सचेतक सांसद निशा डाँगी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सचेतक सांसद वीना लामाले समर्थन जनाउनु भएको छ।
हेर्नुहोस् पूर्णपाठ
प्रतिक्रिया