अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

सिंहदरबारमा विपक्षी दलहरूको बैठक जारी

सिंहदरबारमा विपक्षी दलहरूको बैठक जारी


काठमाडौं- सिंहदरबारमा विपक्षी दलहरूको बैठक बसिरहेको छ। बिहान ९ बजेबाट बैठक सिंहदरबारस्थित नेकपा (माओवादी केन्द्र) को संसदीय दलको कार्यालयमा शुरु भएको हो।

बैठकमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्याल, महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, प्रभु साह नेतृत्वको आम जनता पार्टी सहभागी हुनुहुन्छ।

शुक्रवारबाट सुरु हुने संसदको हिउँदे अधिवेशनको बारेमा विपक्षी दलहरूले आफ्ना धारणा एकसाथ राख्ने र समसामयिक राजनीतिका बारेमा छलफल गर्ने बताइएको छ ।