अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

खोटाङबाट काठमाडौं आउँदै गरेको सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु

खोटाङबाट काठमाडौं आउँदै गरेको सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु


काठमाडौं-खोटाङबाट बिरामी बोकेर काठमाडौं आउँदै गरेको सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सुमोमा चालकसहित चार जना सवारमध्ये तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। 

खोटाङबाट काठमाडौंका लागि छुटेको ना १ ज ६४२१ नम्बरको सुमो ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिकास्थित भँडारे खोलामा दुर्घना भएको भएको हो।

आज बिहान करिब ६ः३० बजेको समयमा सुमो दुर्घटनाग्रस्त अवस्थमा भेटिएको प्रहरीले जनाएको छ। दुर्घटनामा खोटाङको केपिलागढी गाउँपालिका–३ का ५६ वर्षीया माया देवी गुरुङ, उहाँको छोरा २८ वर्षीय पुजन गुरुङ र माया देवीको बहिनी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–का ४५ वर्षीया तारा गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जानकारी दिएको छ ।

बिरामी माया देवी गुरुङलाई उपचारका लागि छोरा र बहिनीले काठमाडौं लिएर आएको प्रहरीले जनाएको छ। चालक सुनसरीको इनरुवा निवासी २२ वर्षीय अनिल पण्डित फरार रहेको जानकारी आएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।