काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले आइटी क्षेत्र दैनिक जीवनको महत्वपूर्ण अंग बनिसकेको बताउनुभएको छ। बिहीबार काठमाडौंमा नेपाल चेम्बर एक्स्पोका शुभारम्भ गर्दै प्रधानमन्त्री ओली यस्तो बताउनुभएको हो।
प्रधानमन्त्री ओलीले आइटी क्षेत्र व्यापार, व्यवसायदेखि हरेक कुरामा महत्त्वपूर्ण र अभिन्न अंग बनिसकेको बताउनुभयो। प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘अब आइटी सेक्टर चर्चाको मात्रै होइन, हाम्रो व्यवसायको, हाम्रो दैनिक जीवनको, हरेक चिजको एउटा अभिन्न र महत्त्वपूर्ण अंग बनिसकेको छ।’
प्रधानमन्त्री ओलीले नेपालले तीव्रताका साथ विकासका कामहरु अघि बढाइरहेको उल्लेख गर्दै आइटी क्षेत्रमा पनि उल्लेख्य रुपमा अघि बढिरहेको बताउनुभयो। उहाँले केही समयको असहज राजनीतिक अस्थिरताका कारण विकास निर्माणका कामहरु रोकिएको भए पनि अहिले विकास निर्माणका कामले गति पाएको बताउनुभयो।
देशको अर्थतन्त्र, उद्योग, देशको व्यवसाय, व्यापार, उत्पादन र निर्यातमा अस्थिर राजनीतिले समस्या उब्जाएको समेत प्रधानमन्त्री ओलीले बताउनुभयो। प्रतिकूल असरबाट फेरि अर्थतन्त्रलाई, समाजलाई समयानुकूल ढंगले लयमा फर्काउन, गतिशील बनाउन सरकारले काम गरिरहेको प्रधानमन्त्री ओलीले बताउनुभयो।
प्रधानमन्त्री ओलीले आइटी क्षेत्रलाई निर्यात व्यापारको रुपमा अघि बढाउन सकिने हिसावले सरकारल अघि बढेको बताउनुभयो। पूर्वाधारबिना देशको विकास हुन नसक्ने बताउनुभयो।
प्रतिक्रिया