अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

संसद्को हिउँदे अधिवेशन आजदेखि

संसद्को हिउँदे अधिवेशन आजदेखि


काठमाडौं-संघीय संसद्को हिउँदे अधिवेशन आज (शुक्रबार)देखि सुरु हुँदैछ। आजबाट हिउँदे अधिवेशन सुरु हुन लागेको हो। 

प्रतिनिधिसभा र राष्ट्रियसभा (दुवै सदन) को बैठक शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको संघीय संसद् सचिवालयले जनाएको छ। 

आजको प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठक बैठकमा राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान, प्रधानमन्त्रीको कार्यभार तोकिएको र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ। 

अधिवेशनको पहिलो दिन प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतका नेताले बोल्ने कार्यसूची छ।

आजका दुबै सदनमा सरकारका तर्फबाट ६ अध्यादेश पेश गर्ने कार्यसूची तय भएको छ। विपक्षी दलहरुले भने अध्यादेशको बिरोध गर्ने तयारी गरेका छन्।