काठमाडौँ-प्रतिनिधि सभाको पाँचौँ अधिवेशनको पहिलो बैठक शुक्रबार सुरु भएको छ। प्रतिनिधिसभा बैठक सुरु हुनासाथ राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद आफ्नो आसनबाट उठेपछि बैठक अवरोध गरेको हो।
सभामुख देवराज घिमिरेले रास्वपाका सांसदलाई आफ्नो आसनमा बसेर बैठक सञ्चालन गर्ने वातावरण मिलाउन आग्रह गर्नुभएको छ। सभामुख घिमिरेले संसद बैठकको कार्यसूचीमै दलीय आधारमा बोल्न पाउने समय मिलाइएको भन्दै सोही क्रममा आफ्ना धारणा राख्न रास्वपाका सांसदलाई आग्रह गर्नुभयो।
प्रतिक्रिया