काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा एमाले मिल्दा बारम्बार विश्वासको मत लिनुपर्ने तामाबाट मुक्त भएको बताउनुभएको छ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देश र जनताको मुद्दालाई सम्बोधन गर्न दुई ठूला दल मिलेको दाबी गर्नुभएको हो।
प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘गएको छ महिनामा हाम्रो संसदीय राजनीतिमा दोहोर्याउनु नपरेको एउटा सुखद् पक्ष म यहाँ उल्लेख गर्न चाहन्छु– सत्ताको नाउमा प्वाल पारेर फुत्त अर्कै डुंगा चलाउने र मुलुक एवं जनतालाई तिरस्कार गर्दै सत्ता-पत्ता खेलिरहने विद्रुम स्थितिमा अब बन्ध्याकरण भएको छ।’
प्रतिक्रिया