अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सबै दलको सहमतिमा संविधान संशोधन हुन्छ: सभापति देउवा [पूर्ण पाठसहित]

सबै दलको सहमतिमा संविधान संशोधन हुन्छ: सभापति देउवा [पूर्ण पाठसहित]


काठमाडौँ-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा राजनीतिक स्थिरता ल्याउन वर्तमान सरकार गठन भएको बताउनुभएको छ। शुक्रबार संसदको हिउँदे अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै सभापति देउवायस्तो बताउनु भएको हो।

कांग्रेस र एमालेबीच भएको सातबुँदे समझारी कार्यान्वयन गर्न प्रतिबद्ध रहेको सभापति देउवाले बताउनु भयो। उहाँले सुशासनको प्रत्याभूति दिन र विकास निर्माण सरकारको मुख्य ध्येय रहेको उल्लेख गर्नुभयो।

६ महिनाको अवधिमा सरकारको समग्र मूल्यांकन गर्न नहुने बताउँदै सभापति देउवाले वर्तमान सरकारले लक्ष्यअनुसार काम गर्नेमा आफू विश्वस्त रहेको उल्लेख गर्नुभयो। प्रतिनिधिसभाको आजको बैठकमा दलीय आधारमा बोल्ने क्रममा सभापति देउवाले भन्नुभयो, ‘वर्तमान सरकारले राम्रो गरेको छ। ६ महिनामै मूल्यांकन गर्नु राम्रो हुन्न। परिणाम राम्रो दिनेछ भन्ने विश्वास छ।’

सरकारले राम्रो काम गर्दै जाने विश्वास लिएको पनि सभापति देउवाले बताउनु भयो। ‘कुनै पनि सरकारको समग्र मूल्यांकन गर्न ६ महिनाको समय पर्याप्त समय होइन।’

सभापति देउवाले राजनीतिक अस्थिरता र आर्थिक क्षेत्रमा नकारात्मक प्रभाव परेकोले कांग्रेस-एमाले मिलेर सरकार बनाएको पनि बताउनुभयो। 

संविधान संशोधन गर्दा बहुलवाद, लोकतान्त्रिक व्यवस्था, समावेशितालगायतका कुरा कमजोर गर्न नहुने देउवाले बताए। उनले सबै दलको सहमतिमा संविधान संशोधन हुने प्रस्ट पार्नुभयो।

लोकतन्त्रको विकल्प लोकतन्त्र नै रहेको बताउँदै उनले यसलाई थप सुदृढ बनाउँदै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो।