अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसद् बैठक

अध्यादेशबाट जन्मिएको पार्टीले अध्यादेशको विरोध गर्नु नौटंकी हो: योगेश भट्टराई

अध्यादेशबाट जन्मिएको पार्टीले अध्यादेशको विरोध गर्नु नौटंकी हो: योगेश भट्टराई


काठमाडौं-नेकपा (एमाले)का सांसद योगेश भट्टराईले ‘अध्यादेशबाट जन्मिएको’ पार्टीले अध्यादेशकै विरोध गर्दा आफू अचम्ममा परेको भन्नुहुँदै व्यंग गर्नुभएको छ।

शुक्रबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै सांसद भट्टराईले नेकपा एकीकृतल समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई इंगित गर्दै यस्तो बताउनु भएको हो। उहाँले भन्नुभयो, ‘अध्यादेशबाट जन्मिएको पार्टी अध्यादेश ठिक छैन भनिरहेको छ, के हुन लागेको हो यो नेपालमा ! अचम्म लागिरहेको छ। माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले वर्तमान सरकारले ल्याएको अध्यादेशको विरोध गरिरहेको छ।’ 

नेकपा एमाले सचिव समेत रहेका भट्टराईले २०७८ साल भदौ २ गते अध्यादेशकै कारण एमाले विभाजन भएको पनि स्मरण गराउनु भयो।

सांसद भट्टराईले प्रेम सुवाल र योगेन्द्र मण्डलबाहेक अरुलाई अध्यादेशको विरोध गर्ने अधिकार नभएको पनि बताउनुभयो। सांसद भट्टराईले अध्यादेशको विरोध गर्नु नौटंकी हुने बताउनुभयो। ‘माननीय प्रेम सुवाल र योगेन्द्र मण्डलबाहेक कसैलाई पनि अध्यादेशको विरोध गर्ने अधिकार छैन। आजसम्म  उहाँहरूको सरकारमा सहभागीता छैन,’सांसद भट्टराईले भन्नुभयो, ‘अरुले अध्यादेशको विरोध गर्नु, विमती राख्नु नौटंकी हो।’ अरु सबै कुनै न कुनै समय सरकारमा सहभागी भएकोले अध्यादेशको विरोध गर्न नसुहाउने उहाँको भनाइ छ।

सरकारले हालै ६ वटा अध्यादेश ल्याएको थियो। ती अध्यादेश शुक्रबार संसदमा पेस हुँदैछ।