काठमाडौँ-काठमाडौँको कमलपोखरीस्थित शानदार म:म पसलमा आज बिहान ग्यास लिक भएर विस्फोट हुँदा ११ जना घाइते भएका छन्। जसमध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
केशव श्रेष्ठको घरमा सञ्चालनमा रहेको सानदार मम सेन्टरमा अचानक ग्यास विस्फोट भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले जानकारी दिनुभयो ।
घाइतेहरूलाई उपचारको लागि हिमाल अस्पताल पुर्याइएको छ। घाइते मध्य उदयपुर घर हुने वर्ष २४ को संजोग मगरको अवस्था गम्भीर भएकोले हिमाल अस्पतालको एम्बुलेन्सबाट कीर्तिपुर बर्न सेन्टर पठाइसकिएको छ।






प्रतिक्रिया