काठमाडौँ-राष्ट्रियसभाको बैठक आइतबारसम्मका लागि स्थगित भएको छ। आइतबार अपराह्न १ बजेर १५ मिनेटमा बस्नेगरी बैठक स्थगित भएकाे हाे।
बिहीबारको बैठकमा दुई वटा विधेयकहरु पेस भएका छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ सभासमक्ष पेस गर्नुभएको हो । यसैगरी शिक्षमन्त्री विद्या भट्टराईले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ पेस गर्नुभयो।







प्रतिक्रिया