अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सामाजिक सञ्जाल विधेयकमा युवाको आवाज सरकारले सुनोस्: सुमना श्रेष्ठ

सामाजिक सञ्जाल विधेयकमा युवाको आवाज सरकारले सुनोस्: सुमना श्रेष्ठ


काठमाडौँ-रास्वपा सांसद सुमना श्रेष्ठले सरकारले ल्याएको सामाजिक सञ्जालसम्बन्धी विधेयकको विरोधमा युवाहरूले अभियान सुरु गरेकोले सरकारलाई युवाहरूको आवाज सुन्न आग्रह गर्नुभएको छ।

बिहीबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद श्रेष्ठले यस्तो बताउनु भएको हो। सांसद श्रेष्ठले सरकारले युवाहरूको आवाज कहिले सुन्ने हो भन्दै प्रश्न गर्नुभयो।

सांसद श्रेष्ठले सामाजिक सञ्जालमा युवाहरूले सामाजिक सञ्जाल विधेयकबारे अभियान सुरु गरेको भन्दै त्यसमा वाक स्वतन्त्रता हनन भएको बताउनुभयो। 

सांसद श्रेष्ठले भन्नुभयो, ‘युवाहरूको आवाज सरकारले कहिले सुन्छ। विधेयकहरु ल्याउँदै गर्दा सरोकारवालासँग छलफल गर्छ, युवालाई बोलाउनुस् । युवाहरूको आवाज सुन्नुस्। यो विधेयकप्रति युवाहरूले गरेको विरोध सरकारले सम्बोधन गरोस् ।’