काठमाडौँ-नेकपा एमाले सांसद ईश्वरबहादुर रिजालले माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कुजात भनेर दिएको अभिव्यक्तिबारे प्रस्ट पार्न सभामुखसँग रुलिङको माग गर्नुभएको छ।
बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद रिजालले यस्तो माग गर्नुभएको हो।
सांसद रिजालले भन्नुभयो, ‘आजभन्दा अढाई महिना अघिको कुरा हो। माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सार्वजनिक मञ्चमा कुजातहरुको सम्संर्गले हामी पनि बिग्रियौं भन्नभयो। त्यसपछि मैले बृहत् शब्दकोश पल्टाए हेरेँ। त्यसमा तल्लो जात र अछुत भन्ने रहेछ।’
सांसद रिजालले आफुले संविधानमा हेर्दा कतै नभेटिएको पनि बताउनुभयो । ‘फेरि मैले संविधानमा हेरेँ कुन अनुसूचिमा रहेछ भनेर। तर कतै छैन। अन्योल भयो, भ्रम भो । प्रमुख प्रतिपक्ष दलको नेतालाई यो कुजात भन्ने कहाँ छ ? उहाँलाई स्पष्ट पार्न सभामुखबाट रुलिङ होस’, रिजालले माग गर्नुभएको छ।







प्रतिक्रिया