अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भूकम्पपीडित र बाढीले क्षति पुर्‍याएका सडक मर्मतबारे सदनलाई जानकारी गराउन गगन थापाको माग

भूकम्पपीडित र बाढीले क्षति पुर्‍याएका सडक मर्मतबारे सदनलाई जानकारी गराउन गगन थापाको माग


काठमाडौँ-नेपाली कांग्रेसका सांसद एवं कांग्रेस महामन्त्री गगन थापाले जाजरकोटको भूकम्प र असोजको बाढीबाट पुनर्निर्माण र जनताको आवास निर्माण गर्न सरकारले श्रोत कहाँबाट र कसरी जुटाउदैछ भन्ने कुरा सदनलाई जानकारी गराउन माग गर्नुभएको छ।

बिहीबारको प्रतिनिधि सभा बैठकमा सांसद थापाले  असोजको बाढीमा बगेका सडकको मर्मतबारे सदनलाई जानकारी गराउन माग गर्नुभएको हो।

‘जाजरकोट भूकम्पका कारण ९२ हजार प्रभावित भएका छन्। उनीहरूले अहिलेसम्म अनुदानको दोस्रो किस्ता पाएका छैनन्,’ सांसद थापाले भन्नुभयो, ‘असोजको बाढीका कारण क्षति भएका ४१ वटा सडकखण्ड पुनर्निर्माण गर्न २५ अर्ब चाहिन्छ, सरकारले बजेटमा जम्मा २१ अर्ब छुट्याएको छ। पैसा कहाँबाट ल्याउने भन्ने सरकारले सोचेको छ ? बर्खामा बाटोहरू कसरी बन्छन् ?’