अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारलाई प्रचण्डको प्रश्न: ६ दिन देशको विकास ढिलो हुने भो भनेर अध्यादेश ल्याएको हो ?

सरकारलाई प्रचण्डको प्रश्न: ६ दिन देशको विकास ढिलो हुने भो भनेर अध्यादेश ल्याएको हो ?


काठमाडौं-प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वार्थ समूहलाई पोस्नलाई सरकारले अध्यादेश ल्याएको आरोप लगाउनुभएको छ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताउनु भएको हो।

अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘माघ ८ गते संसद्को बैठक आह्वान गरिएको छ। ६ दिनअघि दर्जनौँ ऐन संशोधनका लागि ५ वटा अध्यादेश ल्याइएको छ। पछिल्लो ३५ वर्षमा कांग्रेसले १२ पटक र एमालेले ७ पटक प्रधानमन्त्री चलाएको देखिन्छ। ३५ वर्ष प्रधानमन्त्री चलाएपछि ६ दिन देशको विकास ढिलो हुने भो भनेर अध्यादेश ल्याएको हो ? ६ दिन अगाडि अध्यादेश ल्याएर चमत्कार गर्न खोज्नु भएको हो ?’

अध्यादेश ल्याउनु सरकारको नियत सही नभएको अध्यक्ष प्रचण्डले बताउनु भयो, अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘अरु बेला संसदमा दुई तिहाइको घमण्ड सुन्नुपर्ने । बलियो सरकारको अहंकार सुन्नुपर्ने । अनि शासन चाहिँ अध्यादेशहरूबाट चलाउने ? यो सार्वभौम संसद्को अपमान र अवहेलना हो। यो केवल हामी विपक्षसँग सरकारको डर मात्र होइन, आफूलाई समर्थन गरेका सत्तापक्षका माननीयहरूमाथि समेत सरकारको अविश्वास हो।’