अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

रवि लामिछानेलाई ५४ लाख धरौटीमा छाड्न चितवन अदालतको आदेश

रवि लामिछानेलाई ५४ लाख धरौटीमा छाड्न चितवन अदालतको आदेश


चितवन-चितवन जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको वचत रकम अपचलनको मुद्दामा रु.५४ लाख धरौटीमा रिहा गर्ने आदेश दिएको छ।

साहारा चितवन सहकारी ठगी प्रकरणको मुद्दामा थुनछेक बहसपछि न्यायाधीश दयाराम ढकालको इजलासले लामिछानेलाई रु.५४ लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश गरेको हो।

साहारा चितवन सहकारीको ठगी प्रकरणमा बयान दिन लामिछाने बुधबार अदालत उपस्थित हुनुभएको थियो। सभापति लामिछानेको थुनछेक बहस नसकिएपछि बुधबार अदालतले प्रहरीको जिम्मा लगाएको थियो ।

चितवनस्थित साहारा सहकारीको रकम गोरखा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको आरोप सहित लामिछानेविरूद्ध ठगीको मुद्दा अभियोजन गरिएको थियो। 

यसअघि लामिछानेसँग जिल्ला अदालत कास्कीले सूर्यदर्शन सहकारीको बचत अपचलनमा ६५ लाख धरौटी माग गरेको थियो। त्यस्तै काठमाडौं जिल्ला अदालतले स्वर्णलक्ष्मी सहकारीमा ६५ लाख र रूपन्देही जिल्‍ला अदालतले सुप्रिम सहकारीमा एक करोड धरौटी माग गरेको थियो।