अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

गौरीगन्जका महिलालाई आत्मनिर्भर बनाउन बाटेको धूप बनाउने तालिम प्रदान

गौरीगन्जका महिलालाई आत्मनिर्भर बनाउन बाटेको धूप बनाउने तालिम प्रदान


दमक-झापाको गौरीगन्ज गाउँपालिकाले बाटेको धूपमा आत्मनिर्भर बन्नका लागि महिलाहरूलाई सीप सहित आवश्यक सामाग्री जुटाउन सहयोग गर्ने भएको छ।

दिव्य दृष्टिको भेनेरेसन एन्ड एग्रो कर्न्सन (पुजा सामाग्री उध्योग) कमल गाउँपालिकाले गौरीगन्ज गाउँपालिकाको सहयोगमा आयोजना गरेको तीन दिने बाटेको धुप बनाउने र बजारीकरण सम्बन्धीको तालिम समापनमा पालिका अध्यक्ष फुलवती राजवंशीले रोजगार बन्न चाहनेहरुलाई सहयोग गर्ने बताउनु भएको हो।

बिहीवार गौरिगन्ज गाउँपालिकामा भएको तालिम समापनमा बोल्दै तीन दिनमा पोख्त भएर प्याकेजिङ सहितको धूप बनाएको देख्दा यो कार्यक्रम सफल भएको अध्यक्ष राजवंशीले बताउनुभयो।

अध्यक्ष राजवंशीले महिलाहरुले बनाएको धुप प्याकेजिङ गरेर कार्यक्रमको उदघाटन गर्नुभएको थियो । कहाँ बिक्री गर्ने भन्ने चिन्ता नलिइ उत्पादन गर्न आग्रह गर्दै बजारीकरणमा सकेको सहयोग गर्ने प्रतिबद्धता पनि अध्यक्ष राजवंशीले गर्नुभयो।

गाउँपालिका  उपाध्यक्ष पुजन कुँवरले सोचे भन्दा तालिम धेरै राम्रो भएको र दिब्यदृस्टी ब्राण्ड आफैमा पनि नाम चलेको उल्लेख गर्दै बजारीकरणमा समस्या नहुनेमा ढुक्क रहेको बताउनुभयो ।

युवाहरुलाइ रोजगारमा जोडन, महिलाहरुलाइ आत्मनिर्भर बनाउन सीप सगै बजारीकरणको आवस्यक रहेको वहाँको भनाइ थियो।

दिब्यदृस्टीकी सन्चालीका बबिता तिम्सिनाले बजारमा आफुहरुले गुणस्तरीय बाटेको धुप उपलब्ध गराउदै आएको र ५० भन्दा बढी महिलाहरुलाइ यसका लागि जोडेको बताउनु भयो। स्थानीय सरकारसग मिलेर स्थानिय उत्पादन स्थनीय बजारीकरणमा सहयोग कार्यक्रम आफुहरुले ल्याएको जानकारी दिनु भयो।

महिला तथा बालबालिका शाखा प्रमुख पुजा घिमिरेले स्वागत भनाइ राख्नु भएको कार्यक्रममा बाटेको धुपले स्वास्थ्यमा पार्ने सकारत्मक फाइदाबारे आयुर्बेद स्वास्थ्यकर्मी टेकनाथ अर्यालले जानकारी गराउनुभयो ।

तालिमममा सहभागीहरुलाइ धुपी, पहाडे कागज पनि उपलब्ध गराएको थियो। तालीमको सहजीकरण बबिता तिम्सिना र शोबिता गिरीले गर्नु भएको बताइएको छ।

कार्यक्रममा पाथिभरा हेल्थ एण्ड वेलनेस फाउन्डेसनका अध्यक्ष समेत रहनु भएका दिब्यदृष्टि पुजा सामाग्री उत्पादन उध्योगका संचालक बिष्णुप्रसाद पोखरेलले गौरीगन्ज गाउँपालिकामा केही नयाँ परियोजना शुरु गर्ने घोषणा गर्नु भएको थियो।

फाउन्डेसनका महासचिव अर्जुन पौडेलले स्थानिय उत्पादनको प्रबर्द्धन गर्न आफुहरु सधै आतुर रहेको बताउनु भयो ।