काठमाडौं-उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्रीविरुद्धको आरोप पुष्टि गर्न चुनौती दिनुभएको छ।
प्रतिनिधिसभा बैठकमा बोल्दै उपप्रधानमन्त्री पौडेलले प्रचण्डले हचुवाका भरमा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि आरोप पुष्टि गर्न चुनौती दिनुभएको हो।
नेकपा एमालेका उपाध्यक्ष समेत रहेका अर्थमन्त्री पौडेलले आरोप पुष्टि गर्न चुनौती दिँदै उहाँले पुष्टि गर्न नसके जनतासामू माफी माग्न आग्रह गर्नुभयो।
अर्थमन्त्री पौडेलले भन्नुभयो, ‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध लक्षित गरेर माओवादी केन्द्रका अध्यक्ष (प्रचण्ड)ले जेजस्ता अनुचित आरोप लगाउनुभएको छ, उहाँले पुष्टि गर्नपर्छ। यदि सक्नुहुन्न भने यही रोष्ट्रममा उभिएर नेपाली जनतासामू माफी माग्नुपर्छ। म दाबीका साथ भन्छु उहाँले आरोप पुष्टि गर्न सक्नुहुन्न। ढिलो चाँडो यहाँ उभिएर क्षमा याचना गर्न बाध्य हुनुहुनेछ।’







प्रतिक्रिया