अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

भौतिकमन्त्री दाहालद्वारा बीपी राजमार्ग निरीक्षण

भौतिकमन्त्री दाहालद्वारा बीपी राजमार्ग निरीक्षण


धुलिखेल-भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दहालले बीपी राजमार्गको क्षतीग्रस्त खण्डमा तुरन्त पुननिर्माणको काम शुरू गर्न निर्देशन दिनू भएको छ। वर्षायाममा यातायात अवरुद्ध हुन नदीने गरि काम शुरू गर्न उहाको निर्देशन छ।

शनिवार सो राजमार्गको निरीक्षण गरि उहाले उक्त कार्यका लागी श्रोत अभाव हुन नदीने प्रतिबद्धता पनि जनाउनु भयो ।
यो राजमार्ग देशको पूर्वी भागलाई संघीय राजधानीसंग जोड़ने लाइफलाइन समेत भएकाले एक दिन पनि अवरुद्ध हुन नदिने गरि काम अघी बढ़ाउन सड़क विभाग लाइ ऊहा ले निर्देशन दिनू भएको हो। अनुगममानै रहनु भएका मंत्रालयका सचिव केशवकुमार शर्माले विभागको जनशक्ति र उपकरण समेत तत्काल परिचालन ग़रेर काम शुरू गर्न भन्नुभयो।

यस्तै सड़क विभागका महानिदेशक रामहरि पोखरेलले अल्पकालिन र दीर्घकालीन तयारी सहित मर्मत र पुननिर्माणको काम थालीने बताउनु भयो । संघीय सड़क सुपरीबेक्षण तथा अनुगम कार्यालय काठमाडौंका प्रमुख शुभराज न्यौपानेले नियमित रूपमा सड़कको अवरोध हटाउने तथा तत्काल गर्नु पर्ने मर्मतको काम भई रहेको जनाउनू भयेको छ।

मंत्री दहाल साहितको टोलीले सूर्यविनायक धुलिखेल सड़कको समेत निरीक्षण गरी कामलाई तीव्रता दिन निर्देशन दिएको छ । त्यस क्रममा आयोजना प्रमुख राजेन्द्र दाशले निर्माणलाई गति दिन नियमित अनुगमन र निगरानी भई रहेको बताउनु भयो ।

टोलीले बीपी राजमार्गको धुलिखेल देखि नेपालथोक सम्मको निरीक्षण गरेको हो । अनुगमनमा सड़क विभागका उप महानिदेशक अर्जुन अर्याल, सड़क डीभीजन भक्तपुर तथा खालड़ेका प्रमुख तथा प्राविधिक लगायतको सहभागिता रहेको थियो।