उदयपुर-नेपाल राष्ट्रिय शिक्षक सङ्गठन त्रियुगा नगर समितिको तेस्रो नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट अध्यक्षमा ग्राम मगर चयन हुनुभएको छ।
यस्तै महिला उपाध्यक्षमा मिरा रसाइली, खुल्ला उपाध्यक्षमा अङ्कुल थापा, सचिवमा फौद सिंह कार्की र कोषाध्यक्षमा दोसर कटेल सर्वसहमतिबाट निर्वाचित हुनुभएको छ।
निवर्तमान अध्यक्ष सन्तोष थापाले नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिनुभयो। उहाँले आफ्नो कार्यकालमा भएका कामहरुको बारेमा जानकारी गराउँदै आगामी दिनमा पनि शिक्षकहरुको हकहितको लागि लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो।






प्रतिक्रिया