अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

मेयर बालेनलाई अमरेश सिंहको चुनौती: सक्छौ भने सिंहदरबारमा डोजर चलाऊ

मेयर बालेनलाई अमरेश सिंहको चुनौती: सक्छौ भने सिंहदरबारमा डोजर चलाऊ


काठमाडौं-स्वतन्त्र सांसद अमरेशकुमार सिंहले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)लाई संसद भवन, सिंहदरबार भत्काउन चुनौती दिनुभएको छ।

आजको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै सांसद सिंहले कवाडी व्यवसायीमाथि मेयर बालेनले अत्याचार गरेको भन्दै आपत्ति जनाउनु भएको हो।

सांसद सिंहले भन्नुभयो, ‘मेयर बालेनलाई मेरो च्यालेन्ज ! सक्छौ भने संसद् भवन भत्काउ, सिंहदरबार सर्वोच्च रामशाह पथमा रहेको सर्वोच्च अदालत भत्काएर देखाऊ । अब यो शैली चल्दैन। हरेक नेपालीको एक ठाउँबाट अर्को ठाउँमा गएर बस्ने अधिकार छ।’

सांसद सिंहले मेयर बालेनलाई हिटलर शैलीको संज्ञा दिनुभएको छ। ‘हामी २०७२ को गणतन्त्र संविधानअन्तर्गत छौँ। काठमाडौँ सबै नेपालीको राजधानी हो,’ सांसद सिंहले भन्नुभयो, ‘काठमाडौं महानगरपालिकाका प्रमुखको न‍िर्देशनमा हिटलर शैलीमा हिजो २७ गते कवाडीमाथि डोजर चलाइयो। मजदुर घाइते बनाइयो। घाइतेहरू ट्रमा सेन्टरमा छन्।’

facebook sharing button