अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

अख्तियार दुरुपयोग अनुसन्धान आयोग थप जिम्मेवार बन्नुपर्छ: मुख्यमन्त्री कँडेल

अख्तियार दुरुपयोग अनुसन्धान आयोग थप जिम्मेवार बन्नुपर्छ: मुख्यमन्त्री कँडेल


सुर्खेत-कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोग थप जम्मेवार बन्नुपर्ने बताउनुभएको छ । दुःख दिने नियतले हालिएका उजुरीबारे अख्तियार सचेत हुनुपर्ने उहाँले बताउनुभयो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतद्वारा आज यहाँ आयोजित कार्यक्रममा मुख्यमन्त्री कँडेलले विकास निर्माण गर्दा आफूले पाए ठीक र अरुले पाए बेठीक भन्दै उजुरी दिने चलनको अन्त्य हुनुपर्ने बताउनुभयो। विकास निर्माणका काममा सबै पक्ष उत्तिकै जिम्मेवार भएर लाग्नुपर्नेमा उहाँको जोड थियो।

कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले अख्तियारको भूमिका बदल्नुपर्ने बताउनुभयो। अख्तियारले गरेका काम अदालतबाट उल्टिएका उल्लेख गर्दै उहाँले यि विषयमा छलफल हुनुपर्ने बताउनुभयो।

“समाजमा डरको आभास भएन त्यो समाज छाडा हुन्छ”, प्रदेश प्रमुख जोशीले भन्नुभयो । राज्यका नियमनकारी निकाय बलिया हुनुपर्नेमा उहाँको जोड थियो ।