अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रेस चौतारी नेपाल रुपन्देहीको अध्यक्षमा भगवती पाण्डे निर्वाचित 

प्रेस चौतारी नेपाल रुपन्देहीको अध्यक्षमा भगवती पाण्डे निर्वाचित 


काठमाडौं-प्रेस चौतारी नेपाल रुपन्देहीको अध्यक्षमा भगवती पाण्डे निर्वाचित हुनुभएको छ। संगठनको जिल्ला अधिवेशन तथा २६ औँ साधारण सभाले सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरेको हो। अधिवेशनले उपाध्यक्षमा केशव भण्डारी र समावेशी उपाध्यक्षमा छाया पन्थलाई चुनेको छ। 


त्यस्तै सचिवमा विष्णु घिमिरे, सहसचिवद्वय प्रतीक पौडेल र सत्यनारायण मानन्धर तथा कोषाध्यक्षमा एलिना आचार्य निर्वाचित हुनुभएको छ।अधिवेशनको उद्घाटन प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले गर्नुभएको थियो । अधिवेशन उद्घाटन गर्दै बस्नेतले प्रेस चौतारी नेपाल सधैँ भरि श्रमजीवी जनताको पक्षमा रहेको बताउनुभयो । श्रमजीवीको अधिकारको लागि संगठन सधैँ लडिरहेन उहाँले स्पष्ट पार्नुभयो ।