अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले-कांग्रेस सहकार्यविरूद्ध भ्रमकाे खेती गर्दैछन्: महासचिव पाेखरेल

एमाले-कांग्रेस सहकार्यविरूद्ध भ्रमकाे खेती गर्दैछन्: महासचिव पाेखरेल


काठमाडौं-नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सत्ता समीकरण विरुद्ध अनेक खालका भ्रामक प्रचार भइरहेको बताउनुभएको छ।

सत्ता समीकरण विरुद्ध जस्तोसुकै भ्रम फिँजाए पनि त्यस्ता शक्तिको अभीष्ट पूरा नहुने धारणा महासचिव पोखरेलले राख्नु भएको छ। सामाजिक सञ्जाल फेसबुक मार्फत महासचिव पोखरेलले नेपाली कांग्रेस र नेकपा एमालेको सहकार्य रहर नभएर राजनीतिक परिस्थितिको उपज भएको उल्लेख गर्नुभएको छ।

दुई ठुला राजनीतिक दल बीचको सत्ता समीकरणले त्यस्ता तत्त्वहरू विचलित भएको महासचिव पोखरेललेको ठम्याई छ। ‘७ बुँदे सहमतिको जगमा बनेको वर्तमान सत्ता समीकरणबाट विचलित भएका अस्थिरतावादका हिमायतीहरू सहकार्यका विरुद्धमा अनेक प्रकारका भ्रम र अफवाहको खेती गरिरहेका छन्, उनीहरूले सत्ता समीकरणका विरुद्धमा जस्तोसुकै कुप्रयास गरे पनि तिनको अभीष्ट पुरा हुने छैन, हुन दिइने छैन किनकि सहकार्य वर्तमान राजनीतिक परिस्थितिको उपज हो’, महासचिव पोखरेलले लेख्नु भएको छ।