अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

शान्दार मःममा भएको ग्यास विष्फोटमा घाइते भएका दुईजनाको मृत्यु

शान्दार मःममा भएको ग्यास विष्फोटमा घाइते भएका दुईजनाको मृत्यु


  काठमाडौं-काठमाडौंको कमलपोखरीमा रहेको शान्दार मःम मा ग्यास सिलिण्डर विष्फोट हुँदा घाइते भएका दुईजनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपिलराज बोहराका अनुसार हेटौडाका १८ वर्षीय रबिन राई र उदयपुरका २५ वर्षीय भीमबहादुर घलेको मृत्यु भएको हो । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा राईको गएराति र घलेको आज बिहान मृत्यु भएको होे । अन्य घाइतेको सोही अस्पतालमा उपचार भइरहेको छ ।