काठमाडौं-काठमाडौंको चाबहिलस्थित कुमारीगालमा मोबाइलको निहुँमा साथीहरुले साथीकै हत्या गरेको खुलेको छ। काभ्रे धुलिखेल नगरपालिका–९ पानीट्यांकी घर भएर काठमाडौं गोकर्णेश्वर नगरपालिका–६ नयाँ बस्ती बस्ने अमृत भन्ने संघर्ष कार्कीको छुरा प्रहार गरी हत्या भएको हो। घटना सोमबार बिहान ६ बजेको हो । कार्कीले लिएको मोबाइल खोस्ने क्रममा तीन जना मिलेर उनलाई छुरा प्रहार गरिएको प्रहरीले जनाएको छ ।

उनीहरू सबै साथी साथी हुन् । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, एसपी अपिलराज बोहोराका अनुसार पक्राउ पर्नेमा दोलखा जिरी घर भएर कपन सिमलटार बस्ने युनिक लामा भन्ने नुर्बु शेर्पा, सिन्धुपाल्चोक बाह्रबिसे घर भएर गोकर्णेश्वर बस्ने विशाल तामाङ र झापा भद्रपुर घर भएर गोकर्णेश्वर नै बस्ने क्षितिज कार्की छन् । घटनामा अर्का एक जना फरार छन् । प्रहरीले फरार व्यक्तिको पहिचान भई खोजतलास भइरहेको जनाएको छ ।






प्रतिक्रिया