अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज दुई वटा संसदीय समितिको बैठक बस्दै

आज दुई वटा संसदीय समितिको बैठक बस्दै


काठमाडौँ-संघीय संसद्अन्तर्गत दुई वटा संसदीय समितिको बैठक आज बस्दै छ। महिला तथा सामाजिक मामिला समिति र राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्न लागेको हो।

महिला तथा सामाजिक मामिला समितिको बैठकमा सिडको आधारभूत सिफारिस नं. ३९ सम्बन्धमा छलफल गर्ने कार्यसूची छ । बैठक मध्याह्न १२ बजे बस्नेछ। 

यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिको बैठक मध्याह्न साढे १२ बजे बस्नेछ । 

बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० माथि दफावार छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।