सल्यान-नेकपा (एमाले)को तीन महिने जरा अभियानअन्तर्गत सल्यानको कपुरकोट गाउँपालिकाका सबै वडाहरुमा भेला तथा बैठक सम्पन्न भएको छ।
पार्टीका जिल्ला अध्यक्ष भीमबहादुर सेन, प्रदेश कमिटी सदस्य घनश्याम शर्मासहित जिल्लास्तर र पालिकास्तरका नेताहरुको सहभागितामा कार्यक्रमहरु सम्पन्न भएका हुन् । साथै, विभिन्न टोल भेला पनि तय भएका छन् । कतिपय वडाहरुको टोल भेला समेत सम्पन्न भइसकेको एमाले कपुरकोट गाउँपालिका कमिटीका अध्यक्ष मधुसुदन गिरीले जानकारी दिनुभयो। स्थानीय स्तरमा पार्टी संगठनलाई थप मजबुत बनाउने उद्देश्यले सञ्चालन गरिएको अभियानअन्तर्गत कपुरकोटका सबै वडामा विभिन्न कार्यक्रम गरिएको उहाँले बताउनुभयो।
वडास्तरका भेलाहरूमा संगठन सुदृढीकरण, आगामी निर्वाचन तयारी, जनसंगठन विस्तार र पार्टी नीति तथा कार्यक्रमको प्रवर्द्धनका विषयमा छलफल गरिएको एमाले कपुरकोटका सचिव रुपक बुढाले जनाउनुभयो।
गत माघ २० गते गाउँपालिका कमिटीको पूर्ण बैठक बसेर एमाले कपुरकोटले अभियानलाई प्रभावकारी रुपमा अगाडी बढाउने निर्णय गरेको थियो । यस अनुरुप माघ २३ मा वडा नम्बर १ को भेला, २४ गते वडा नं ४ को भेला, २६ गते वडा नं ३ को भे
कपुरकोटसहित अन्य पालिकाहरुमा पनि अभियान चलिरहेको एमाले सल्यानले जनाएको छ । एमालेको नेतृत्वमा भएका राम्रा कामहरू नागरिकसमक्ष पुर्याउने र नागरिकहरुको सुझाव संकलन गरेर समृद्धिको कार्यक्रम तयार गर्न अभियानले टेवा पुर्याउने एमालेको विश्वास छ ।
एमाले सल्यानले पछिल्लो समय जरा अभियानलाई व्यापक रूपमा अघि बढाइरहेको छ। हाल सम्म सम्पन्न स्थानीय स्तरका भेलाहरूले कार्यकर्तालाई उर्जा प्रदान गरेको सहभागिहरूले बताएका छन्। विभिन्न वडास्तरीय भेलाहरूमा नागरिकको अपेक्षा, स्थानीय विकास र पार्टीको भावी रणनीतिका विषयमा छलफल गरिएको भन्दै एमाले सल्यानका अध्यक्ष सेनले जरा अभियानले एमालेलाई संगठनात्मक रूपमा थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो।
एमाले राजनीतिक दल मात्र नभएर विकास, समृद्धि र स्थायित्वको आधार भएको भन्दै जिल्ला उपाध्यक्ष ओजबहादुर बुढाथोकीले अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गरिरहेको जनाउनुभयो। निष्ठावान कार्यकर्ता परिचालन, नयाँ सदस्यता वितरण र मतदातासँग प्रत्यक्ष संवाद गर्ने कार्यलाई प्राथमिकता दिएको भन्दै उहाँले कार्यकर्ताहरू र अन्य स्थानीयहरुले समेत अभियानप्रति उत्साह देखाएको र एमालेको लोकप्रियता बढ्दै गएको जनाउनुभयो । अभियानमा सहभागिहरूले पार्टीलाई स्थानीय तहसम्म व्यवस्थित बनाउन यसप्रकारको नयाँ कार्यक्रमले मद्दत पुर्याएको भन्दै एमालेको विचार, नीति र संगठनलाई थप सशक्त बनाउँदै अघि बढ्नका लागि प्रतिबद्धता व्यक्त गरेका छन् ।






प्रतिक्रिया