काठमाडौं-भारतको उत्तर प्रदेशस्थित प्रयागराजको कुम्भ मेला भरेर फर्किने क्रममा सवारी दुर्घटना हुँदा तीन जना नेपालीको मृत्यु भएको छ।
रूपन्देहीको देवदह नगरपालिका वडा नम्बर ९ बाट कुम्भ मेला भर्न गएको तीर्थालुको सवार गाडी उत्तर प्रदेशको आजमगढ बाराणसी रोडमा दुर्घटना हुँदा मृत्यु भएको हो।
दुर्घटनामा देवदह नगरपालिका वडा नम्बर ९ का ४५ वर्षीय गणेश खनाल, उनकी श्रीमती ३५ वर्षीय दीपा खनाल र वडा नम्बर ९ कै ४० वर्षीया गीता शर्माको मृत्यु भएको हो। दुर्घटनामा दुईजना घाइते भएका बताइएको छ ।
थप जानकारी प्राप्त हुन बाँकी छ ।






प्रतिक्रिया