अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाली विद्यार्थी मृत भेटिएको घटना अनुसन्धान गर्न भारतीय विद्यार्थी परिषद्को माग

नेपाली विद्यार्थी मृत भेटिएको घटना अनुसन्धान गर्न भारतीय विद्यार्थी परिषद्को माग


काठमाडौं- भारतीय राज्य ओडिसाको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी केआईआईटी विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्साल होस्टेलमा मृत भेटिएको घटना अनुसन्धान गर्न अखिल भारतीय विद्यार्थी परिषद्ले माग गरेको छ।
केआईआईटीमा बी-टेक तेस्रो वर्षमा पढ्ने लम्साल आइतबार साँझ होस्टेलमा शंकास्पद अवस्थामा मृत भेटिएकी हुन्।

विज्ञप्तिमा भनिएको छ, ‘अखिल भारतीय विद्यार्थी परिषद्‌ले ओडिसाको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी केआईआईटीमा नेपाली विद्यार्थी प्रकृति लम्सालको दुर्भाग्यपूर्ण मृत्युमा गहिरो समवेदना व्यक्त गर्दछ र घटनाको निष्पक्ष र पूर्ण अनुसन्धानको माग गर्दछ।’